धादिङको थाक्रेमा लेदोसहितको पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
१२ भदौ, काठमाडौं ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको सातकिलो भन्ने ठाउँमा पहिरो खसेपछि काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी नै अवरुद्ध भएको छ । पछिल्लोपटक आज बिहान साढे तीन बजेतिर पहिरो खसेर दुईतर्फी सडक अवरुद्ध भएको हो । सोही स्थानमा गएराति पनि एकपटक पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
राति खसेको पहिरो पन्छाएर केही घण्टा सवारी साधन चले पनि आज बिहान पुन: खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए । उनका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment