२६ भाद्र २०८२, बिहीबार

रौतहटमा ३० बोरा अवैध सुर्ती बरामद

९ भदौ, रौतहट।

रौतहटको ईशनाथ नगरपालिका–४ मठियास्थित भट्टी पसल नजिकबाट सशस्त्र प्रहरीले अवैध रूपमा भण्डारण गरिएको ३० बोरा सुर्तीजन्य पदार्थ बरामद गरेको छ। सशस्त्र प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेत र निरीक्षक खेमरोज जोशीको नेतृत्वमा खटिएको टोलीले रामसिंह चनौको पसल छेउ र चुमन मियाँको खेतमा लुकाइएको सूर्ती फेला पारी गौर भन्सार कार्यालयमा बुझाएको हो।

गत आर्थिक वर्षमा सशस्त्र प्रहरीले करिब ५ करोड ७४ लाख रुपैयाँ मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको थियो। प्रमुख बस्नेतका अनुसार सीमावर्ती क्षेत्रमा अवैध कारोबार नियन्त्रणमा उल्लेख्य सफलता मिलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment