पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते
९ भदौ, पोखरा ।
पोखराको आर्बामा नगर बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । सोमबार आर्बाबाट पोखरा आउने क्रममा ग १ख ४०२७ नम्बरको बस दुर्घटना भएको हो ।दुर्घटनामा घाइते सबैको उद्धार भैसकेको वडाध्यक्ष किरण बरालले जानकारी दिए । सबैको अवस्था सामान्य छ ।
‘दुर्घटना हुने बित्तिकै उद्धार भयो । ठुलो क्षति हुन पाएन,’ उनले भने । बरालले आफ्नै गाडी र दुई वटा एम्बुलेन्स परिचालन गरेर उनीहरूको उद्धार गरेका हुन् । घाइते मध्ये ४ जना डिस्चार्ज भइसकेका छन् भने अरुको उपचार भइरहेको छ । गाडी चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment