२५ भाद्र २०८२, बुधबार

लिपुलेकको भूभाग फिर्ताको पहल गर्नुपर्छ : समाजवादी मोर्चाले

६ भदौ, काठमाडौँ ।

चार दलीय समाजवादी मोर्चाले नेपाली भूमि लिपुलेक कालापानीको भूभाग फिर्ता ल्याउने पहल गर्न सरकारसँग माग गरेको छ । मोर्चाले शुक्रबार विज्ञप्ति जारी गर्दै मोर्चाले भारत र चीनबिच हालै पुलान– गुन्जीलाई जोड्ने लिपुलेक व्यापारिक नाका सुचारुका लागि दुई पक्षीय व्यापार पुनर्स्थापना गर्ने समझदारीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल सरकारसँग यस्तो माग गरेको हो ।

‘ऐतिहासिक प्रमाण र दुई पक्षीय सन्धिहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अङ्ग हो भन्ने पुष्टि गर्दछ’,मोर्चाले भनेको छ, ‘नेपालको अभिन्न भूभागका रूपमा रहेका ती क्षेत्रहरूमा विगत केही समयदेखि भारतीय पक्षको अतिक्रमण जारी छ । यस विषयमा नेपालको तर्फबाट कुटनीतिक पहल गरेर नेपालको भूभाग फिर्ता ल्याउन आवश्यक प्रयत्नहरू हुन सकेका छैनन् । यसैबिच लिपुलेक बारे भारत र चीनले गरेको समझदारीले नेपालको सार्वभौमिक अधिकार माथि गम्भीर आघात पुगेको छ ।’

नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुर्‍याउने यस प्रकारको सहमतिप्रति समाजवादी मोर्चाले घोर विरोध तथा असहमति प्रकट पनि गरेको छ ।  ‘साथै सरकारलाई कुटनीतिक पहलबाट सम्बन्धित मुलुकहरूलाई नेपालको तर्फबाट सत्य–तथ्य जानकारी गराउन, उक्त सहमतिको विरोध गर्न र नेपालको भूभाग फिर्ता ल्याउन पहल गर्न आव्हान गर्दछ’, मोर्चाले जारी गरेको संयुक्त विज्ञप्तिमा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment