२५ भाद्र २०८२, बुधबार

बजेट विवादमा दिएको राजीनामा दुई वर्षपछि स्वीकृत, एमाले निर्वाचित वडा अध्यक्ष शाह पदमुक्त

काठमाडौँ। घोराही उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष जितेन्द्रबहादुर शाह पदमुक्त भएका छन् । पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै शाह पदमुक्त भएका हुन् ।

 

शाहले २०८० असार १२ गते नगर प्रमुख नरुलाल चौधरीलाई पदबाट राजीनामा बुझाएका थिए । त्यसको दुई वर्ष पछि उक्त राजीनामा स्वीकृत भएको हो । नगर प्रमुख चौधरीका अनुसार आफूले गएको वर्ष असारमा राजीनामा स्वीकृत गरेको र सोमबार भएको कार्यपालिका बैठकबाट अनुमोदन गराएको बताए ।एमालेबाट निर्वाचित शाहले बजेटमा असहमति जनाउँदै पदबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment