भूमि विधेयकमा गिरिबन्धु जग्गा प्रकरण जोडिएको छैनः मन्त्री अधिकारी
१९ साउन, काठमाडौं ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तावित भूमि विधेयक गिरिबन्धु जग्गा प्रकरणसँग नजोडिएको दाबी गरेका छन्। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसम्बन्धी विधयेकको छलफलमा उनले अनावश्यक रुपमा गिरिबन्धुलाई भूमि विधेयकसँग जोड्न जरुरी नरहेको बताए। उनले विधेयकमा गिरिबन्धु कहाँ जोडिएको छ देखाइदिन पनि सांसदहरुसँग आग्रह गरे। विधेयकमा कृषि, उद्योगधन्दाका कुराहरु पनि नजोडिएको जिकिर गरे।
‘त्यसमा गिरिबन्धुसहित अरु कुनै विषय नै जोडिएको छैन। सांसदहरुलाई गिरिबन्धु कहाँनेर विधेयकमा जोडिएको छ? मलाई देखाउनु भनेर पटक–पटक भनिरहेको छु। यहाँ कुनै कृषिका कुरा जोडिएको छैन, गिरिबन्धु जोडिएको छैन। यहाँ उद्योगधन्दाको कुरा जोडिएको छैन,’ उनले भने।
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान





Post Comment