९ चैत्र २०८२, सोमबार

जसपा सप्तरी अध्यक्ष पदमा केदार र उमेशको उम्मेदवारी

१६ साउन, सप्तरी।

जनता समाजवादी पार्टी नेपाल सप्तरीको अध्यक्षमा उमेशप्रसाद यादव र केदार प्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् । राजविराजस्थित पार्टी कार्यालयमा शनिबार जिल्ला निर्वाचन समितिमा छुट्टाछुट्टै प्यानलसहित उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन कार्यतालिका अनुसार बिहान ८ बजेदेखि सुरु भएको मनोनयन दर्ता बमोजिम अध्यक्ष पदमा उम्मेदवार उमेशप्रसाद यादवले बिहान ९ः५७ बजे उम्मेदवारी दर्ता गरे भने अर्का अध्यक्षका उम्मेदवार केदारप्रसाद यादवले बिहान ९ः२१ बजे उम्मेदवारी दर्ता गराएका छन् । केदार यसअघि पार्टी जिल्ला अध्यक्ष थिए भने उमेश उपाध्यक्ष थिए । उमेशको प्यानलबाट उपाध्यक्ष हरेराम यादव, राजेश्वर राय, सचिवमा निरज मुक्ति, उपसचिवमा दाउद हुसैन, राहुल मण्डल र कोषाध्यक्षमा अभिनभ यादव (निकु) रहेका छन् ।

यसैगरी, केदारको प्यानलबाट उपाध्यक्षमा लक्ष्मण यादव, उषा साह, सचिव शम्भु कुमार यादव, उपसचिवमा रिता कुमारी चौधरी, रामेश्वर कौडगिया र कोषाध्यक्ष अर्मेन्द्रकुमार यादव छन् । सात पदाधिकारी खुल्ला, २५ भुगोल र समावेशी २५ गरी ५० सदस्य जिल्ला समिति चयनका लागि साउन १८ गते बिहान ८ देखि १ बजेसम्म मतदान हुने निर्वाचन अधिकृत धनेश्वर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला नेतृत्व चयनका लागि विभिन्न पालिका र भातृसङ्गठन गरी एक सय १५ जनाले मतदान गर्ने जानकारी दिनुभयो ।

Post Comment

छुटाउनुभयो कि ?