१७ चैत्र २०८२, मंगलवार

नेपालको सामाजिक सुरक्षालाई आईएलओले रोलमोडलको रुपमा अगाडि बढाउन खोजेको छः श्रममन्त्री भण्डारी

१२ साउन, काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालको सामाजिक सुरक्षा योजना अन्तर्राष्ट्रिय रुपमै गर्व गर्न लायक रहेको बताउनुभएको छ ।आईतवार सामाजिक सुरक्षा कोषले आयोजना गरेको ‘सामाजिक सुरक्षा कोषमा वृहत आवद्धता अभियानको लागि सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएसनबीच सम्झौतामा हस्ताक्षर कार्यक्रम’ मा मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।

आफू केही दिनअघि आईएलओ (अन्तर्राष्ट्रिय श्रम संगठन) को बैठकमा सहभागी भएको जानकारी दिँदै मन्त्री भण्डारीले अन्तर्राष्ट्रिय मञ्चबाट नेपालको सामाजिक सुरक्षा योजनाप्रति प्रशंसा गरिएको सुनाउनु भयो । मन्त्री भण्डारीले भन्नुभयो, ‘म भर्खर आईएलओ को जेनेभामा आईएलओको मिटिङमा थिएँ । नेपालको सामाजिक सुरक्षा प्रणाली र सामाजिक सुरक्षाकोषको लिडरसिपलाई अहिले आईएलओले रिजनल टाइपुनको रुपमा नेपालको सामाजिक सुरक्षालाई हाम्रो एशिया जिसीजी कन्ट्रीलाई नेपालको सामाजिक सुरक्षालाई रोलमोडलको रुपमा अगाडि बढाउन खोजिरहेका छन् । त्यो नेपालीले गर्व गर्ने विषय छ ।’बाइट… शरतसिंह भण्डारी, मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय  मन्त्री भण्डारीले हरेक नेपालीलाई अवकाशपछि पेन्सन पाउने अवस्थामा लैजान खोजेको स्पष्ट पार्नभयो ।

मानिसहरू अवकासपछिको जीवनको सुरक्षाका लागि सरकारी जागिर खोजिरहेको उल्लेख गर्दै श्रम बजारमा वार्षिक आउने ५ लाखमध्ये एक लाखले मात्रै सरकारी जागिर पाइरहेको उल्लेख गर्नुभयो । बाँकी चार लाख मानिसहरू जो जुन क्षेत्रमा कार्यरत रहन्छन्, त्यहीँ नै सामाजिक सुरक्षामा आवद्ध गराएर सरकारी सेवाजस्तै उनीहरूको जीवन सुरक्षित बनाउन चाहेको बताउनु भयो । उहाँले अनौपचारिक क्षेत्र, स्वरोजगारको क्षेत्र अथवा अन्य कुनै क्षेत्र भएपनि सबैलाई सामाजिक सुरक्षा कोषबाट दिनसक्ने स्थिति बनाउने पनि प्रष्ट पार्नुभयो ।मन्त्री भण्डारीले भन्नुभयो, ‘अहिले सरकारी जागिर खान मान्छे किन मारामार गर्छन् ? जागिर भन्ने बित्तिकै सरकारी जागिरलाई जागिर, सरकारी रोजगारीलाई रोजगारी, अन्य रोजगारी–रोजगारी नै छैन । सरकारले कति रोजगारी दिन सक्छ ? श्रम बजारमा वर्षमा पाँच लाख नेपालीहरू आउँछन् । करिव– करिव एक लाख जब हुन्छ ।

चार लाख त हाम्रो हरेक वर्ष त के गर्ने त्यसले ? त्यसो हुनाले उनीहरू त बेरोजगार । कस्तो बेरोजगार त भन्दा सरकारी जागिर पाएन ? किन सरकारी जागिरको लागि मरिहत्ते गर्छन् मान्छे ? एउटै कारण के भने ऊ जागिरमा छि¥यो भने उसको भविष्य बन्यो । जहाँ उसले जागिर पायो, ऊ छि¥यो । त्यसपछि ऊ रिटायर हुने बेलामा आनन्दले पेन्सन पाउँछ । ऊ ढुक्क भयो । उसको फेमली ढुक्क भयो । त्यही ग्यारेन्टी सामाजिक सुरक्षा कोषले दिने प्रयास गरेको छ । अनौपचारिक क्षेत्र होस्, स्वरोजगारको क्षेत्र होस् । अथवा रोजगारको क्षेत्र होस्, अथवा इन्डिपेन्डेण्ट क्षेत्र होस् । यो सबै क्षेत्रमा हामीले सामाजिक सुरक्षा कोषबाट दिनसक्ने स्थिति भयो भने त्यो सोसाइटी पेन्सेबल हुन्छ ।’ उहाँले  समाजमा हेरेकले भोलि पेन्सन पाउनुपर्छ र पाउँछ भन्ने कुराको सुरुवात सामाजिक सुरक्षा प्रणालीले गरेको भन्दै त्यो उसैको योगदानबाट मात्रै सम्भव हुने उल्लेख गर्नुभयो । राज्यको योगदानबाट सामाजिक सुरक्षा हुन सम्भव नरहेको मन्त्री भण्डारीको भनाई थियो । राज्यको भर पर्दा स्वास्थ्य बीमाले दुर्गती भोग्नुपरेको उदाहरण पेश गर्दै उहाँले व्यक्तिको आफ्नै योगदानबाट मात्रै सामाजिक सुरक्षा हुनसक्ने स्पष्ट पार्नुभयो ।

Post Comment

छुटाउनुभयो कि ?