९ श्रावण २०८२, बिहीबार

काठमाडौंका व्यवसायीलाई सुरक्षा दिन सरकार असफल : प्रभु साह

३ साउन, काठमाडौं ।

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले दुई तिहाईको शक्तिशाली सरकारले काठमाडौंमै व्यवसायीहरुको सुरक्षा गर्न नसकेको बताएका छन् । काठमाडौंको कोटेश्वरमा बसेको कबाड व्यवसायीको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले काठमाडौंका व्यवसायीलाई सुरक्षा दिन नसकेको बताए ।

‘काठमाडौंमा व्यवसायीहरू असुरक्षित हुँदै गइरहेका छन् । यो दुई तिहाईको शक्तिशाली सरकारले सुरक्षा दिन सकेको छैन् । अदालतको आदेशविपरीत काठमाडौं महानगरले कबाड व्यवसायीको कबाडमा डोजर आतंक मचाएको छ । तर, सरकारले ति व्यवसायीलाई सुरक्षा दिन असफल भइसकेको छ’, आजपा अध्यक्ष साहले भने, ‘सरकार त दुई तिहाई बहुमतको शक्तिशाली छ । तर काम बिचौलिया र दलालको मात्रै गरिरहेको छ । यहाँका व्यवसायीलाई सुरक्षा दिनुपर्ने सरकार टुलटुलु बसेर हेर्न मिल्छ ?’ अदालतको आदेश विपरीत काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा काठमाडौंमा कबाड व्यवसायीको कबाडमा डोजर आतंक चलिरहेको उनले बताए ।

दुई तिहाईको शक्तिशाली भनिए पनि वर्तमान सरकार झोले सरकार भएको टिप्पणी गर्दै आफ्नो परिवार, व्यवसायको सुरक्षाका लागि अब महानगरको गुण्डागर्दीविरुद्ध प्रतिकारमा उत्रिनुको विकल्प नभएको उनले बताए । ‘अदालतको आदेश छ कबाड व्यवसायलाई नहटाउ तर यहाँ अदालतको आदेश पालना हुँदैन् । सरकारले सुरक्षा दिंदैन । महानगरले डोजर आतंक मचाएको छ । यस्तो अवस्थामा तपाईंहरू आफ्नो परिवार, पेस व्यवसायको सुरक्षाका लागि अब प्रतिकारमा उत्रिनै पर्छ । महानगरको गुण्डागर्दी सहेर बस्न सकिदैन्’, आजपा अध्यक्ष साहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment