११ श्रावण २०८२, शनिबार

एमाले पोलिटब्यूरो बैठकमा कर्ण थापा र ओलीबिच सवालजवाफ

२ साउन, काठमाडौं ।

नेकपा एमालेको पोलिटब्यूरो बैठकमा स्थायी कमिटि सदस्य कर्ण थापा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच सवालजवाफ भएको छ । शुक्रबारको बैठकमा उनीहरुबीच सवालजवाफ भएको हो । एक नेताका अनुसार बैठक सुरु हुनासाथ स्थायी कमिटि सदस्य थापाले बोल्न खोजेका थिए । तर अध्यक्ष ओलीले तपाई(थापा)को बोल्ने पालो नआएको भन्दै रोके । त्यसक्रममा उनीहरुबीच सवालजवाफ भयो ।

“प्रतिवेदन पेस पश्चात् बोल्ने पालो आएपछि थापाले ७० वर्षे उमेरहद र दुई कार्यकालको कुरा उठाएका थिए,ती नेताले भने थापाले बोलेको कुरा उद्धृत गर्दै भने,तपाई(ओली)६० वर्षको हुँदाखेरी ७० वर्षे उमेरहदको कुरा उठेको थियो । त्यतिखेर तपाईले उठाउनुभयो । अहिले अब हामी ६० वर्षका भएका छौँ, तपाई ७० वर्षको पुग्नुभयो । हामीले अहिले उक्त कुरा उठाउन किन नपाउने ?’

पोलिटब्युरो बैठकमा उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको विधान संशोधन प्रस्ताव प्रस्तुत भएको छ ।  पौडेलले विधानमा गर्नुपर्ने हेरफेरसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । पौडेलपछि महासचिव शंकर पोखरेलले संगठनसम्बन्धी प्रतिवेदन पेस गरिरका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?