९ श्रावण २०८२, बिहीबार

‘जीडीपीमा उद्योग क्षेत्रको योगदान बढाउनुपर्छ’: अध्यक्ष पाण्डे

१ साउन, काठमाडौं ।

नेपाल उद्योग परिसंघका अध्यक्ष  वीरेन्द्रराज पाण्डेले उद्योगहरु राष्ट्रका आधार भएकाले तिब्र रुपमा विस्तार हुन जरुरी रहेको बताउनुभएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको वार्षिक उत्सवका अवसरमा आयोजित आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जीडीपिमा उद्योग क्षेत्रको योगदान घटेको र त्यसलाई बढाउन उद्योग क्षेत्रको विस्तार हुनुपर्ने बताउनुभएको हो ।

उहाँकाअनुसार रोजगारी सिर्जना गर्दै समग्र राष्ट्रको विकासमा महत्वपूर्ण योगदान गर्ने उद्योग क्षेत्रले नै हो । राज्यले उद्योगहरु स्थापनामा जोड दिनुपर्छ । अध्यक्ष पाण्डेले समग्र आर्थिक क्षेत्रको विकासका लागि उद्योगहरुको योगदान बढाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताउनु भयो । सोही उद्देश्य अनुरुप आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने अठोटसहित नेपाल सरकार उद्योग वाणिज्य मन्त्रालयसँगको सहकार्यमा मेक इन नेपाल स्वदेशी अभियान नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको छ । यो अभियानलाई सहयोग गर्नेगरी नेपाल सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग सम्बन्धि निर्देशिका ल्याएको छ । यसको पूर्ण कार्यान्वयनले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने एवंम विकास गर्नेमा सहयोग गर्ने पाण्डेले बताउनु भयो ।

अध्यक्ष पाण्डेले भन्नुभयो–‘मुलुकको दिगो आर्थिक विकासका लागि स्वदेशी उत्पादन बढाउँदै प्रतिष्पर्धी विश्व परिवेशमा उत्पादनहरुको आन्तरिक खपत बढाउँदै विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने गरी अघि बढाउनु आजको आवश्यकता हो । कुनै समयमा खाद्यन्न निर्यात गर्ने मुलुक अर्बौंको खाद्यन्न आयात गरेर उपभोग गरिरहेको छ । १५ प्रतिशतसम्म जीडीपीमा योगदान गरेको उद्योग क्षेत्रको योगदान घटेर ५ प्रतिशतको हाराहारीमा आइपुगेको छ ।’उहाँले नेपाल सरकारबाट थप नीतिगत व्यवस्था हुन जरुरी रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?