हत्या गरी फरार अभियुक्त २१ वर्षपछि पक्राउ
२८ असार, काठमाडौं ।
ललितपुर। २०६० सालमा ललितपुरको एक रेस्टुरेन्टमा भएको कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्त २१ वर्षपछि पक्राउ परेका छन्। प्रहरीले तेह्रथुम स्थायी घर भई हाल काठमाडौँमा लुकिछिपी बसिरहेका ४९ वर्षीय विजयकुमार फोम्बो (लिम्बु) लाई पक्राउ गरेको हो। उनी तेह्रथुमको साबिक खाम्लालुङ गाविस–३ (हाल आठराई गाउँपालिका वडा नम्बर २) का स्थायी बासिन्दा हुन् भने काठमाडौँ महानगरपालिका वडा नम्बर ९ गौशालामा बस्दै आएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment