१२ श्रावण २०८२, आईतवार

झुठा मुद्दा खारेज र छानबिनको माग गर्दै ६ दलको संयुक्त विज्ञप्ति

 

सर्लाही – जनता समाजवादी पार्टी मधेस प्रदेश अध्यक्ष तथा पूर्व प्रदेशसभा सदस्य अशोक यादवमाथि प्रहरीले गरेको दुर्व्यवहारको विरोधमा ६ वटा राजनीतिक दलहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन्।

जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका नेताहरूले संयुक्त रूपमा विज्ञप्ति निकालेर घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।

विज्ञप्तिमा भनिएको छ, “पूर्वाधार विकास कार्यालय र अन्य सरकारी कार्यालयमा हुने भ्रष्टाचार, लुटतन्त्र, एकाधिकार र प्रहरी प्रशासनले जनतालाई झुटा मुद्दामा फसाउने विषयमा पटक-पटक जानकारी दिइएको थियो। तर, समस्या समाधान गर्नुको सट्टा अहिले उल्टै जसपा प्रदेश अध्यक्ष अशोक यादवमाथि दुर्व्यवहार गरिएको छ।”

घटनाको विवरण अनुसार २०८२ असार १९ गते बिहीबार, राती पूर्वाधार विकास कार्यालयमा प्रहरी परिचालन गरी कार्यालयको मुख्य ढोका थुनेर काम भइरहेको देखेपछि सेवाग्राही त्रसित बनेका थिए। सो जानकारी पाएपछि अशोक यादवले जिल्ला प्रहरी प्रमुख योगेन्द्र खड्कालाई फोनमार्फत बुझ्न खोज्दा उनीप्रति हेपाहा र विभेदकारी शैलीमा व्यवहार गरिएको आरोप लगाइएको छ।

संयुक्त प्रेस विज्ञप्तिमा यादवमाथि लगाइएको झुठा मुद्दा खारेज गर्न र प्रहरी प्रमुखमाथि कारबाही गर्न माग गरिएको छ। साथै सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्नुपर्ने र नस्लीय विभेदको सोच नसच्चिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?