प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
२३ असार, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्दैछन्। आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। प्रधानमन्त्री ओलीले स्पेनमा भएका प्रगतिको र समसामयिक राजनीतिक गतिविधिका बारेमा सदनलाई जानकारी दिने बर्तौलाको भनाइ छ।

आज बस्ने बैठकमा निजामतीको सेवा विधेयकमा भएको छेडखानी छानबनि गर्न आज संसदीय समिति घोषणा हुँदैछ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट २ वर्षे ‘कुलिङ पिरियड’को व्यवस्था राखि पठाएको विधेयक ‘सो प्रावधान निष्प्रभावी’ हुनेगरी पारित गरिएको थियो।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment