९ श्रावण २०८२, बिहीबार

इंग्ल्यान्डमाथि भारतको सानदार जित, टेस्ट सिरिज १-१ को बराबरीमा

२३ असार, काठमाडौं । 

भारतले इंग्ल्यान्डसँगको पाँच टेस्ट म्याचको सिरिजमा १-१ को बराबरी गरेको छ। दोस्रो टेस्टमा भारतले ३३६ रनको सानदार जित निकाल्दै सिरिज बराबरी गरेको हो। आइतबार पाँचौं तथा अन्तिम दिन इंग्ल्यान्डले ६०८ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको थियो। घरेलु टोलीले खेल बराबरीमा टुङ्ग्याउने रणनीति अपनाए पनि त्यो सफल हुन सकेन। भारतीय बलरहरूको उत्कृष्ट प्रदर्शनका सामु इंग्ल्यान्ड दोस्रो इनिङमा २७१ रनमा अलआउट भयो।

अन्तिम दिनको खेलमा इंग्ल्यान्डले ३ विकेटको नोक्सानीमा ७२ रनबाट ब्याटिङ सुरु गरेको थियो। भारतीय सिमर आकाश दीपले तेस्रो ओभरमै ओली पोपलाई र ह्यारी ब्रुकलाई २३ रनमा आउट गर्दै इंग्ल्यान्डलाई दबाबमा ल्याए। लञ्चअघि अन्तिम ओभरमा बेन स्टोक्स पनि आउट भएपछि इंग्ल्यान्ड थप संकटमा पर्यो।त्यसपछि विकेटकिपर जेमी स्मिथले  पहिलो इनिङमा अविजित १८४ रन र दोस्रो इनिङमा पनि ८८ रनको महत्त्वपूर्ण योगदान दिए। यद्यपि उनको जुझारु प्रदर्शनले पनि टोलीलाई हारबाट जोगाउन सकेन।

भारतका लागि आकाश दीपले उत्कृष्ट बलिङ प्रदर्शन गरे। उनले ब्राइडन कार्सलाई आउट गर्दै ६-९९ को प्रदर्शनसहित खेलमा १० विकेट लिए। यो उनको आठौं टेस्टमा पहिलोपटक हासिल गरेको ५ विकेटको सफलता थियो। पहिलो टेस्टमा इंग्ल्यान्डको प्रभावशाली जितपछि भारतको सम्भावनाबारे शंका गरिएको थियो। तर, दोस्रो टेस्टमा कप्तान शुभमन गिलको दोहोरो शतकले भारतलाई बलियो स्थितिमा पुर्यायो। भारतले पहिलो इनिङमा ६ विकेटको नोक्सानीमा ४२७ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो । इंग्ल्यान्डले भने पहिलो इनिङमा ४०७ रन बनाएको थियो। अब तेस्रो टेस्ट बिहीबार लर्ड्समा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?