विराटनगरले रिटेन गर्यो सन्दीपसहित ६ खेलाडी
२१ असार, विराटनगर ।
दोस्रो सिजनको नेपाल प्रिमियर लिगका लागि विराटनगर किंग्सले सन्दीप लामिछानेसहित ६ खेलाडी रिटेन गरेको छ। विराटनगरले सन्दीपलाई मार्कीको रुपमा टोलीमा राख्दा लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, सुवास भण्डारी र नरेन भट्टलाई टोलीमा राखेको हो।
विराटनगर किंग्सले रिटेन गरेका खेलाडी सन्दीप लामिछाने (मार्की), लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, सुवास भण्डारी र नरेन भट्ट। विराटनगरले रिलिज गरेका खेलाडी राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, मृनाल गुरुङ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment