एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा पहिले बलिङ गर्दै नेपाल

२१ असार, काठमाडौं ।
एसीसी पुरुष यू-१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ। शनिबार बिहान मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभलमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको हो।

समूह चरणमा सिंगापुरलाई ६ विकेटले हराएको नेपाली युवा टोली लगातार दोस्रो जित हासिल गर्दै उपाधि जित्न चाहन्छ। प्रतियोगितामा नेपाल मात्र अपराजित टोली हो। सिगांपुर भने समूह चरणमा नेपालसँगै हारेको थियो।




Post Comment