९ श्रावण २०८२, बिहीबार

धनकुटामा अटो नालामा पल्टिँदा ७ जना घाइते

२० असार, धनकुटा ।

धनकुटा नगरपालिका–९ स्थित गुठीटार–बेलहारा भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन्। बेलहाराबाट सदरमुकामतर्फ आउँदै गरेको को २ ह ५५६७ नम्बरको अटो अनियन्त्रित भई नालामा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। दिउँसो १:३५बजे भएको दुर्घटनामा  घाइतेहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल धनकुटा पुर्याइएको प्रहरीले जनाएको छ। दुर्घटनापछि अटो चालक धनकुटा नगरपालिका–९ का

४२ वर्षीय जितेन्द्र बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते हुनेहरूमा धनकुटा–९ की ६१ वर्षीया निर्मला बस्नेत, ३३ वर्षीया रेनुका न्यौपाने, १७ वर्षीय डेबिड विक,, जनकपुर–१४ का ४४ वर्षीय बसन्त बहादुर पुर्वे, काठमाडौं–२६ का ५० वर्षीय रमेश प्रसाद दुलाल, र मोरङ कानेपोखरी–५ की २० वर्षीया देवी विक रहेका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?