२६ भाद्र २०८२, बिहीबार

सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु, चार घाइते

२० असार, सुर्खेत । 

सुर्खेतमा चट्याङ एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् । सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–८ कुईरेमा रोपाइँको क्रममा चट्याङ पर्दा शुक्रबार दिउँसो करिब ३ बजे बिरबहादुर थापाको खेतमा रोपाइँ गरिरहेको अवस्थामा चट्याङ पर्दा डिलबहादुर शाहीको मृत्यु भएको हो । प्रहरीका अनुसार गम्भीर घाइते भएका उनलाई उपचारका लागि मेहलकुना अस्पताल लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको हो ।

घटनामा परेर पर्वत विक, हुमबहादुर थापा, नविन विक  र सुनिता गिरी  सामान्य घाइते भएका छन् । उनीहरूको मेहलकुना अस्पतालमै उपचार भइरहेको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।  घटनापछि इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदम बहादुर खत्रीको नेतृत्वमा १० जना र अस्थायी प्रहरी पोष्ट जहरेबाट प्रहरी सह–निरीक्षक खगेन्द्र सुनारको नेतृत्वमा ५ जना प्रहरी टोली परिचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment