आमाको नामबाट नागरिकता पाइने भएपछि रेखा थापाले दिइन् गृहमन्त्री लेखकलाई धन्यवाद
१७ असार, काठमाडौँ ।
नायिका एवं चलचित्र निर्माता रेखा थापाले गृहमन्त्री रमेश लेखकलाई भेटेकी छिन् । आमाको नामबाट नागरिकता पाउने व्यवस्था ऐनमा समेटिएको भन्दै थापाले मंगलबार गृहमन्त्री लेखकलाई धन्यवाद ज्ञापन गर्न मन्त्रालयमा पुगेर भेटेकी हुन् । ‘सन्तानलाई आमाले जन्म दिनुहुन्छ, आमाले पालन पोषण गर्नुहुन्छ । तर नागरिकता लिन जाँदा बाबुको खोजी हुन्छ ।
तर आमाको नामबाट नागरिकता पाउने स्थिति बनेन,’ थापाले सामाजिक सञ्जाल फेसबूकमा प्रतिक्रिया जनाउँदै भनेकी छिन्, ‘अब यस्तो परिस्थितिको अन्त्य भएको छ । नेपाल सरकार एवं गृहमन्त्रीज्यूलाई यो साहसिक एवं ऐतिहासिक कदमका लागि धेरै-धेरै बधाई।’ थापाले नागरिकताविहीन नेपालीहरूलाई बधाई दिँदै महिला अधिकारका क्षेत्रमा सुनौलो काम भएको उल्लेख गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment