बोर्ड पदाधिकारीको बैठक सम्पन्न, एसईईको नतिजा केही बेरमा
१३ असार, काठमाडौं ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा बोर्डको बैठक सकिएको छ । नतिजा सार्वजनिक गर्नका लागि बोलाइएको बोर्ड बैठक सकिएको हो । अब केही बेरमा परीक्षाको नतिजा सार्वजनिक हुने जनाइएको छ ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment