१४ असार २०८२, शनिबार

अगामी तीन दिनमा देशका यी नदीहरूमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

१२ असार, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश प्रमुख नदीहरूको जलसतह बढ्ने जनाएको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, कर्णालीलगायतका नदीहरूको बहाव सामान्य र सतर्कता तहभन्दा तलै रहे पनि अब बढ्ने क्रममा रहेको महाशाखाले उल्लेख गरेको छ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार, आज पश्चिम सेती (दिपायल) र बागमती (पधेरादोभान) मा पानीको बहाव उल्लेख्य बढ्नेछ। कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती र बबईका अधिकांश मापन केन्द्रमा भने बहाव सामान्य रूपमा बढ्ने पूर्वानुमान छ। भोलि (असार १३ गते) भने धेरै नदीमा बहाव उल्लेख्य बढ्ने देखिन्छ। महाशाखाका अनुसार भोलि दुधकोशी, त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती (दमौली), कालिगण्डकी, पश्चिम सेती, महाकाली, कन्काई, बागमती र पश्चिम राप्ती नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ। महाशाखाले ससाना नदीहरूमा आकस्मिक बाढीको जोखिम औँल्याएको छ। आज मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला भई बहने ससाना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment