१४ असार २०८२, शनिबार

एमपिएको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

११ असार, काठमाडौं । 

जनप्रशासन क्याम्पसमा एमपिए तेस्रो सेमेस्टरमा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । एमपिए तेस्रो सेमेस्टरमा अध्ययनरत दानबहादुर रोकायाको तर्फबाट परीक्षामा सहभागी भएका केशव रोकाय पक्राउ परेका हुन् ।

जिल्ला जुम्ला, चन्दननाथ नगरपालिका ८ घर भइ जिल्ला काठमाडौं महानगरपालिका ४ धुम्वाराही बस्ने वर्ष २६ को रोकाया पक्राउ परेका हुन् । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । शिक्षासम्बन्धी ऐन कसूर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिइ उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment