१५ असार २०८२, आईतवार

वीरगन्ज महानगरको बजेट बढ्यो, पर्यटन, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

९ असार, वीरगन्ज ।

वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ। सोमबार आयोजित वीरगन्ज महानगरपालिकाको नगरसभाको १७ औँ अधिवेशनमा महानगरका उपमेयर इम्तियाज आलमले आगामी आर्थिक वर्षका लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित आयव्ययसहितको बजेट प्रस्तुत गरेका हुन्।

वीरगन्ज महानगरले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा झण्डै ३३ करोड बढी बजेट ल्याएको छ। चालु आर्थिक वर्षका लागि वीरगन्ज महानगरको बजेट २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँको थियो । आगामी आर्थिक वर्षको बजेटमा चालू खर्चतर्फ दुई अर्ब २६ करोड ५० लाख ४९ हजार अर्थात् कूल बजेटको ७०.२४ प्रतिशत, पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख अर्थात् कूल बजेटको २८.६४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ तीन करोड ६४ लाख अर्थात् १.१२ प्रतिशत रहेको उल्लेख छ।  आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च व्यहोर्ने स्रोतहरुमा आन्तरिक राजश्वबाट एक अर्ब १५ करोड, संघीय अन्तर सरकारी

वित्तीय हस्तान्तरणबाट एक अर्ब ३७ करोड ३० लाख, संघीय राजश्व बाँडफाँटबाट २३ करोड ७८ लाख, प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २८८ हजार, प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख १३ हजार, घरजग्गा रजिष्ट्रेशन शुल्क बापत २५ करोड र नगद मौज्दाबाट १५ करोड व्यहोरिने उपमेयर आलमले बताए। नगरसभामा बजेट प्रस्तुत गर्दै उपमेयर आलमले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सरसफाइ, वातावरण संरक्षण, गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाहलाई का प्राथमिकतामा राखिएको बताए। त्यसअघि नगरसभामा महानगरका मेयर राजेशमान सिंहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। वीरगन्ज महानगरपालिकाको नीति तथा कार्यक्रममा वीरगन्जको पर्यटन प्रवर्द्धन गर्ने केही महत्वकांक्षी योजनाहरुपनि समावेश गरिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?