१५ असार २०८२, आईतवार

टी-२० फर्म्याटमा स्कटल्याण्डसँग १२ वर्षपछि खेल्दै नेपाल

३ असार, काठमाडौं ।

स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ । खेल ग्लासग्लोमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । नेपालले स्कटल्याण्डसँग टी-२० फर्म्याटमा १२ वर्षपछि खेल्न लागेको हो भने टी-२०आईमा यो पहिलो भेट हुनेछ । सन् २०१३ को टी-२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो ।

स्कटल्याण्डको त्यसबेलाको टोलीबाट माइकल लिस्क र सफिया शरिफ अहिले पनि टोलीमा छन् । त्यसबेला रिची बेरिङटन लिग २ शृंखलामा एकदिवसीय खेलेपनि अहिलेको शृंखलाको टी-२० टोलीमा भने छैनन् । नेपालले टी-२०आई मान्यता पाएपछि भने स्कटल्याण्डसँग खेलेको छैन । त्यसकारण टी-२०आई मान्यताको यो पहिलो भेट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?