२५ जेष्ठ २०८२, शनिबार

सुनवलमा कोदालो प्रहार गरी आफ्नै बुबा र छिमेकीको ह*त्या

२३ जेठ, बुटवल ।

पश्चिम नवलपरासीको सुनवलमा एक युवकले कोदालो प्रहार गरी दुई जनाको हत्या गरेका छन् । सुनवल नगरपालिका–२, अवरैयामा २७ वर्षीय हेमराज थारुले आफ्नै बुबा ५० वर्षीय जयराम थारू र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हेमराजले बुबा जयराम थारूको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि उनले छिमेकी नाथु धरिकारलाई पनि टाउको र घाँटीमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी दिए । हत्याको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान जारी रहेको र हेमराज थारूलाई नियन्त्रणमामा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखी सोधपुछ भइरहेको पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?