२६ जेष्ठ २०८२, आईतवार

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

१९ जेठ, काठमाडौं । 

सुनको मूल्य आज पनि बढेको  छ । अघिल्लो दिन ३ सयले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।  आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा भइरहेको छ ।

अघिल्लो दिन भने एक तोला सुनको कारोबार १ लाख ८८ हजार ८ सयमा भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?