२६ जेष्ठ २०८२, आईतवार

मोबाइल लुट्ने गिरोहका ३ सदस्य पक्राउ

 

१२ जेठ, काठमाडौं ।

मोबाइल लटुपाटमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौंको कालिकाटीका २४ वर्षीय च्वाँचे भनिने सुरज थापा मगर, सोही ठाउँ बस्ने २४ वर्षकै सन्तोष तामाङ र धादिङको धुनिबेशी नगरपालिका–३ का १९ वर्षीय प्रवीन भण्डारी छन् । उनीहरुलाई काठमाडौंको टंकेश्वरबाट प्रहरीले पक्राउ गरेको हो ।

आइतबार मात्रै राति साढे ८ बजेतिर टंकेश्वरमा मोबाइल लुटेर भागेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले यसअघि पनि पटक पटक मोबाइल लुटपाट गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । यसअघि उनीहरु आठ वटा चोरी तथा लुटपाटको घटनामा संलग्न भएको प्रहरीले बताएको छ । पक्राउ परेका मध्ये च्वाँचे २०८० मा अभद्र व्यवहारको कसुरमा र प्रवीण २०८१ मा चोरीको कसुरमा सजाय भागेर निस्केका व्यक्ति रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment