११ श्रावण २०८२, शनिबार

सगरमाथाको चौथो शिविरमा फिलिपिनी आरोहीको मृत्यु

 

१ जेठ, काठमाडौं ।

सगरमाथा आधार शिविरमा फिलिपिनी आरोहीको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार स्नो होराइजन ट्रेक्स एन्ड एक्सपिडिसनबाट परमिट लिएर आरोहणमा गएका फिलिप द्वितीय स्यान्टिएगोको बुधबार राति ७/८ बजेको बीचमा मृत्यु भएको कम्पनीले जानकारी गराएको छ ।

उनी सकुशल चौथो शिविर पुगेका थिए । आराम गरेर बसेको अवस्थामा उनको मृत्यु भएको जानकारी आरोहण दलका सदस्यले आज जानकारी गराएका थिए । मृत शरीर आवश्यक प्रक्रिया पूरा गरी आधार शिविरमा ल्याउने काम भइरहेको समेत विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?