नागढुंगामा प्रहरी जवानलाई कुट्ने ट्राफिक इन्सपेक्टरलाई जिम्मेवारीबाट हटाइयो

१ जेठ, काठमाडौं ।
काठमाडौँको नागढुंगा प्रहरी जवानलाई कुट्ने र कुटाइखाने खाने दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ। कुटाइ खाने र कुटपिटमा संलग्न दुवै प्रहरी कारबाहीमा परेका काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शेखर खनालले जानकारी दिए। केही समयअघि थानकोट नाकामा खटिएका ट्राफिक प्रहरीका एक निरीक्षक (इन्सपेक्टर) ले थानकोट बृत्तका एक जवानलाई कुटेका थिए। नाकामा सुरक्षाका लागि खटिएका जवानलाई इन्सपेक्टरले थप्पड हानेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कार्यालयले चासो देखाएको हो। तर, यो घटना कहिलेको हो, खुलेको छैन।





Post Comment