२६ जेष्ठ २०८२, आईतवार

जनताको लागि केही गर्न नसकिने भन्दै सांसदबाट गुरुङले दिइन् राजीनामा

 

३० वैशाख, दाङ ।

लुम्बिनी प्रदेशसभाकी सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । उनी जनमत पार्टीकी तर्फबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसद हुन् ।मंगलबार उनले लुम्बिनी प्रदेशसभाका सभामुखसमक्ष राजीनामा बुझाएकी हुन् ।  राजीनामा पत्रमा उनले देश र जनताको पीडा राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही पनि हुन नसक्ने आफ्नो मान्यता रहेको उल्लेख गरेकी छन् ।

‘आदरणीय जनताको सेवा गर्ने उद्देश्यले राजनीतिमा प्रवेश गरेकी हुँ । तर अहिले मेरो कार्यक्षमताप्रति आशा राखिरहेका स्वाभिमानी जनताका सपना म पूरा गर्न असमर्थ छु भन्ने गहिरो अनुभूति भएको छ,’ उनले राजीनामा पत्रमा लेखेकी छन् । जनताको करबाट सुविधा लिने नैतिक आधार नरहेको उल्लेख गर्दै उनले मंगलबारकै मितिबाट राजीनामा लागू हुने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment