२५ जेष्ठ २०८२, शनिबार

स्कटल्याण्डमा हुने लिग २ शृंखलाका लागि नेपाली टोली घोषणा

 

२७ वैशाख, काठमाडौं ।

आगामी जुनमा स्कटल्याण्डमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको श्रृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीको घोषणा गरेको छ। टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गर्नेछन् भने उपकप्तानको भूमिकामा दिपेन्द्रसिंह ऐरी रहनेछन्।

नेपाली टोलीमा समावेश खेलाडीहरूमा रोहित र दिपेन्द्रसँगै आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार साह, भिम सार्की, आरिफ शेख, वसीर अहमद, गुलशन कुमार झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल छन् । त्यसैगरी लिग-२ लगत्तै स्कटल्याण्डमै आयोजना हुने टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि थप तीन खेलाडीहरू पनि चयन गरिएको नेपाल क्रिकेट संघले जनाएको छ। टी-२० टोलीमा थपिएका खेलाडीहरूमा रुपेश कुमार सिंह, लोकेस बम र किरण ठगुन्ना छन् । यी खेलाडीहरूले प्रतिस्थापन गर्ने खेलाडीहरूको नाम भने लिग-२ को खेलहरू समाप्त भएपछि मात्र सार्वजनिक गरिने बताइएको छ। रुपेश र किरण पहिलोपटक राष्ट्रिय टिममा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?