२६ जेष्ठ २०८२, आईतवार

उपसभामुख राना बंगलादेश प्रस्थान

 

२७ वैशाख, काठमाडौं ।

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर ६ दिने औपचारिक भ्रमणका लागि शनिबार बिहान बंगलादेश प्रस्थान गरेकी छन्। उनले बंगलादेशको राजधानी ढाकामा आयोजना हुने ‘पत्रकार महिलाको सम्मेलन’ मा सहभागिता जनाउनेछिन्। इनिसिएटिभ्स अफ मिडिया वुमन नेपालको आयोजनामा, बंगलादेशस्थित नेपाली दूतावास र संयुक्त परिषद्सँगको सहकार्यमा आइतबार हुने कार्यक्रममा उपसभामुख राना मगरले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा उनले पछिल्लो समयमा मिडिया क्षेत्रमा देखिएका साझा समस्या र चुनौती, सामाजिक तथा सांस्कृतिक दृष्टिकोण र दक्षिण एसियामा जिम्मेवार पत्रकारितामा महिलाको निर्णायक भूमिकाको विषयमा सम्बोधन गर्ने बताइएको छ ।  उपसभामुख राना मगरको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले सम्मेलनका साथै बंगलादेशका उच्च अधिकारीहरूसँग भेटघाट र अनुभव आदानप्रदान गर्ने कार्यक्रम समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?