२६ जेष्ठ २०८२, आईतवार

रवीन्द्र मिश्रलाई ५ दिन म्याद थप

 

२५ वैशाख, काठमाडौं।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ५ दिनको म्याद थप गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंले मिश्रलाई थप ५ दिन हिरासतमा राख्नेर अनुसन्धान गर्न अनुमति दिएको हो । त्यसैगरी आपराधिक उपद्रवको कसुरमा अनुसन्धान भएकाहरुलाई भने थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

उनलाई बिहीबार (आजै) म्याद थपका लागि अदालत लगिएको थियो । गत चैत १५ गते भएको तीनकुने घटनापछि पक्राउ परेका मिश्रमाथि यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको थियो । आज पुनः उनीमाथि आपराधिक उपद्रवको कसुरमा पनि मुद्दा चलाइएको छ । उक्त मुद्दा चलाइएको भन्दै मिश्रले आपत्ति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?