१२ श्रावण २०८२, आईतवार

माओवादी पदाधिकारी बैठक बस्दै

 

२१ वैशाख, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बस्ने बताइएको छ । बैठकमा तराई–मधेस हुलाकी मार्ग केन्द्रित अभियानको समीक्षा, हिमाली र पहाडी मार्गमा अब गर्ने भनिएको अभियानबारे छलफल छलफल गरिने जनाइएको छ ।

गत पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले फागुनदेखि असारसम्म हुलाकी मार्ग, पुष्पलाल लोकमार्गका साथै हिमाली जिल्लामा केन्द्रित रहेर ‘जनतासँग माओवादी’ जागरण अभियान चलाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?