१४ चैत्र २०८२, शनिबार

बढ्यो सुनको मूल्य , आज तोलाको कति?

 

२१ वैशाख, काठमाडौं । 

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार चाँदीको मूल्यमा भने गिरावट आएको छ । आइतबार चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

Post Comment

छुटाउनुभयो कि ?