२६ जेष्ठ २०८२, आईतवार

भारतको आसामलाई हराउँदै पुलिस क्लब एमएम कपको फाइनलमा

 

१८ वैशाख, काठमाडौं । 

नेपाल पुलिस क्लबले विराटनगरमा जारी एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ । बिहीबार समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लबसँगको उपाधि भिडन्त पक्का गरेको हो । बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आसाम ४२.२ ओभरमा १५४ रनमै समेटिएको थियो । आसामका लागि राज विश्वले ३३ रन बनाए । पुलिसका अरुण ऐरी र श्रवन यादवले तीन/तीन विकेट लिए ।

१५५ रनको लक्ष्य पछ्याउन उत्रिएको पुलिसले २६.१ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य भेटायो । सुरुआतमा ४३ रनमै ४ विकेट गुमाएको पुलिसलाई अमित श्रेष्ठ (७१*) र कप्तान शंकर राना (६३*) ले पाँचौं विकेटका लागि अविजित ११७ रनको साझेदारी गर्दै जित दिलाए । अब उपाधिको लागि शनिबार बिहान ९ बजे पुलिस र आर्मी भिड्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?