२६ जेष्ठ २०८२, आईतवार

नाउपाका संरक्षक रेशम चौधरी पक्राउ

 

१७ वैशाख, काठमाडौं ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । उनलाई त्यहीँबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रज्ञा भवन कमलादी परिसरबाट सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्‍याएका हुन् । तर नियन्त्रणको कारण खुलेको छैन ।

टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।  एकताका लागि कमलादीस्थित प्रज्ञा भवनको हलमा कार्यक्रम आयोजना गरिएको छ । दुवै दलका नेता-कार्यकर्ता त्यहाँ उपस्थित भएका छन् । तर रेशम पक्राउपछि एकता घोषणा कार्यक्रम अन्यौलमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?