२६ जेष्ठ २०८२, आईतवार

अदालतको आँगनमा न्यायाधीश ‘मूर्दावाद’ नाराबाजी

 

उच्च अदालत सुर्खेतका दुई जना न्यायाधीशविरुद्ध चर्को नाराबाजी भएको छ । हिजो भएको एउटा आदेशमा जातीय छुवाछुत कसुरमा दिइएको सजाय बदर गरिएपछि स्थानीय दलित समुदायले राति नै नाराबाजी गरेको थियो । अदालतको ढोकामा जम्मा भएको भीडले न्यायाधीशको नाम उल्लेख गर्दै मूर्दाबादको नारा लगाएको हो ।

प्रेमिका लिन रुकुम गएका जाजरकोटका नवराज विकसहित छ जनालाई पहिले लखेटिएको र पछि ढुङ्गाले हानेर नदीमा बगाई मारिएको सोती घटनामा दलितहरुले चर्को विरोध गरेका छन् । प्रतिवादीहरूले यसअघि पाएको जन्मकैदको सजायलाई सदर गर्दै न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले २३ जना प्रतिवादीलाई जातीय छुवाछुत कसुरमा दिइएको सजाय बदर गरेको छ । लितहरुले गोली चलाउन चुनौती दिएका छन् । उनीहरुले जातीय विभेदको आधारमा सोती घटनामा दलितलाई मारिएको बताउँदै न्यायाधीशहरुलाई ‘…देश छोड’ भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?