आज अन्तर्राष्ट्रिय ज्याज सङ्गीत दिवस मनाइँदै
१७ वैशाख, काठमाडौं–
आज अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदै छ । विभिन्न वाद्ययन्त्रहरूको सुमधुर धुनयुक्त ज्याज सङ्गीत २०औँ शताब्दीको सुरुदेखि प्रचलनमा आएको हो । पश्चिमा मुलुकमा युवापुस्तामाझ यो सङ्गीत लोकप्रिय छ । सन् २०११ को नोभेम्बरमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)को महासभाले अप्रिल ३० लाई अन्तर्राष्ट्रिय ज्याज दिवसका रूपमा मनाउने घोषणा गरेअनुरूप आज यो दिवस विश्वभर मनाइन्छ । अन्तरसांस्कृतिक संवाद, मानवअधिकार र मानव मर्यादाको सम्मान, भेदभाव उन्मूलन, अभिव्यक्ति स्वतन्त्रता तथा लैङ्गिक समानता प्रवर्द्धन र सामाजिक परिवर्तनका लागि युवाहरूको भूमिकालाई सुदृढ पार्न यो दिवस मनाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment