११ श्रावण २०८२, शनिबार

३० हजार घुस लिने सइविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

 

१६ वैशाख, काठमाडौं । 

३० हजार घुस रकमसहित पक्राउ परेका एकजना प्रहरी नायब निरीक्षक विरुद्ध मुद्दा दर्ता गरिएको छ।  अख्तियार दुरूपयोग अनु्सन्धान आयोगले रुपन्देहीको प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत सई खिमबहादुर खड्काविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

रुपन्देहीको दुर्गौलिया नाका हुदैँ भारतबाट अवैधरुपमा घरायसी सामान भित्र्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ३० हजार घुस लिइसकेको अवस्थामा उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।  अनुसन्धानका क्रममा घुस लिएको पुष्टि भएपछि खड्काविरुद्ध ३० हजार बिगोसहित सजायको माग गर्दै आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?