१५ चैत्र २०८२, आईतवार

बालाजुमा एक महिलाले आफ्नै शरीरमा पट्रोल छर्केर लगाइन् आगो

 

१६ वैशाख, काठमाडौं ।

काठमाडौं महानगरपालिका–१६ बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छिन् ।बालाजुस्थित जागृती टोल बस्ने ४५ वर्षीया बिना श्रेष्ठले आफ्नो शरीरमा आफैं आगो लगाएकी हुन् ।  जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराका अनुसार आइतबार राति करिब १० बजेतिर ती महिलाले शरीरमा आगो लगाएकी हुन् ।

श्रीमानसँग विवाद भएपछि उनले आफ्नै शरीरमा पट्रोल छर्केर आगो लगाएको पाइएको प्रहरीको भनाइ छ । उनको नयाँबजारस्थित पिपल्स अस्पतालमा उपचार भइरहेको छ ।  उनको पेट, छाती र वाँया हात गरी करिब २५ प्रतिशत भाग जलेको चिकित्सकको भनाइ छ । घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान अघि बढाएको छ ।

Post Comment

छुटाउनुभयो कि ?