बुधबार बिहानसम्म हजारौं महिलाहरुले राजदेवी मन्दिरमा खोइँच भरे
५ कात्तिक, जनकपुर। बडाँ दसैँको आठौं दिन महाअष्टमीको अवसरमा विभिन्न शक्तिपीठमा शनिबार मध्यरातिदेखि नै खोइँच भराई तथा लड्डु चढाउने कार्यक्रम चलिरहेको छ ।
खोइँच भर्न तथा लड्डु चढाउन जनकपुरका प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिर, धनुषा रमदैयाको राजदेबी मन्दिर, महोत्तरीको सोनामाइ मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, कंकालिनी मन्दिर लगायत शक्तिपीठहरुमा श्रद्धालुभक्तजनको भीड लागेको छ । बुधबार बिहानसम्म हजारौं महिला महिलाहरुले राजदेवी मन्दिरमा खोइँच भरेका छन् ।
सो भन्दा दोब्बरसंख्यामा लड्डु (पसाद) चढाएको जनाइएको छ । अहिले पनि खोइँच भर्ने तथा प्रसाद चढाउने कार्यक्रम चलिरहेको छ । सन्तानको दीर्घायु तथा पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामना गर्दै महिलाहरु खोइँच भर्ने गर्दछन् ।
Related posts:
राष्ट्रिय सभा कार्यव्यवस्था समितिको बैठक सिंहदरबारमा, महत्वपूर्ण एजेण्डामाथि छलफल
नियमित उडान नभएको भन्दै जुम्लामा नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी
पराजयबारे कांग्रेसमा छुट्टाछुट्टै तर्क : बीबीसीको भिडियो, नेताका घरमा पैसा जलेको भिडियो, नेताहरूको अ...
एभरेस्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ



