सर्लाहीको खुटौनाबाट स्रोत नखुलेको ३२ लाख ३५ हजार रकमसहित एक भारतीय पक्राउ
१४ वैशाख, सर्लाही :
स्रोत नखुलेको रकमसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत सितामढी थाना कुनौली बस्ने ४० वर्षीय शम्भु कुमार साह रहेका छन्। मलंगवा नगरपालिका-६ खुटौनास्थित सडकबाट स्रोत नखुलेको ३२ लाख ३५ हजार ४ सय ४० नेपाली रुपैयाँ र २ हजार १ सय ४० भारतीय रुपैयाँसहित उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।
प्रहरी चौकी खुटौनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०६ सिटि २४२२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त रकमसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment