पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत जाँदै
१३ वैशाख, काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई आज छिमेकि राष्ट्र भारत जाँदैछन् । नेसपा (नयाँ शक्ति)की उपाध्यक्ष मानुषी यमी भट्टराईका अनुसार उनी आज दिउँसो १ बजेको फ्लाइटमार्फत भारत जान लागेका हुन् ।
अध्यक्ष डा. भट्टराई प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिको रुपमा सहभागी हुन भारत जान लागेका हुन् । अधिवेशन भोली आइतबारबाट भारतको फरिदावादमा हुँदैछ । अध्यक्ष भट्टराईको साथमा नेसपा (नयाँ शक्ति) की उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी यमी भट्टराई र नेसपा (नयाँ शक्ति)का सचिव एवं प्रवास प्रदेश अन्तरर्गत भारतका इन्चार्ज सन्देश कार्की पनि भारत जाँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment