२६ जेष्ठ २०८२, आईतवार

प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह

 

९ वैशाख, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले खुला स्थानमा फोहोर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ । प्लास्टिकजन्य फोहोरबाट निस्कने धुवाँ मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभावी फोहोर नबाल्न महानगरले आग्रह गरेको हो ।

महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले प्रदूषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका रोगीलाई सबैभन्दा बढी हानि गर्ने बताइन् ।महानगरबाट फोहोर सङ्कलन गर्न आउने सवारी साधनमा सबै किसिमका फोहोर विसर्जन गर्न उनले महानगरवासीलाई अनुरोध गरिन् । उद्योग कलकारखानालाई ‘प्रदूषण नियन्त्रण मापदण्ड,२०८१’ अनुसार गर्न पनि विभाग प्रमुख राईले आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?