लुक्लाबाट रामेछाप उडेको जहाज काठमाडौंमा आकस्मिक अवतरण
३ वैशाख, काठमाडौँ ।
लुक्लाबाट रामेछाप जाँदै गरेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा आकस्मिक अवतरण गराइएको छ । सीता एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा आकस्मिक अवतरण गराइएको विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले जानकारी दिए ।
जहाजमा १४ जना यात्रु थिए । यात्रुहरू सकुशल रहेको उनले बताए । प्रवक्ता शेर्पाका अनुसार जहाजको हाइड्रोलिकमा समस्या देखिएको थियो । अब प्राविधिक जाँच हुनेछ । जहाज अवतरण गराउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच मिनेट उडान र अवतरण अवरुद्ध भएको थियो । अहिले भने उडान-अवतरण नियमित भैसकेको शेर्पाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment