१२ श्रावण २०८२, आईतवार

शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकबारे कति दफामा जुट्यो सहमति ?

 

३० चैत, काठमाडौँ ।

संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले शनिबार समेत छलफल अगाडि बढाएको छ। समितिमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकमा उपसमितिले आज पनि छलफल जारी राखेको हो। शिक्षकहरू सडकमा आन्दोलन गरिरहेको बेला उपसमितिले विधेयकमाथिको छलफललाई तीव्रता दिएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, उपसमिति संयोजक छविलाल विश्वकर्मासहित उपसमिति सदस्यहरू मन्त्रालयको टोली छलफल जुटिरहेका हुन्। १६३ दफा रहेको विधेयकमा हिजोसम्म ५० भन्दा बढी दफामा सहमति जुटेको छ । उपसमितिले निजी विद्यालय र शिक्षकको विषय बाहेक अन्य दफाहरूमा धमाधम सहमति जुटाउँदै आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment