११ श्रावण २०८२, शनिबार

काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले पाए तलब

 

२५ चैत, काठमाडौं । 

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले तलब पाएका छन् । पछिल्लो तीन महिना रोकिएको तलब सोमबार सबैको खातामा पुगेको महानगरका प्रवक्ता नवीन मानन्धरले  जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिको तीन महिनादेखि तलब रोकिएको थियो ।

रोकिएको तलब पाउन माग गर्दै कर्मचारीहरूले सरकारसँग आक्रोश समेत व्यक्त गरेका थिए । गत पुस ७ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय हाजिर भएका थिए । उनी महानगरमा हाजिर गर्न पुग्दा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो । बिहीबार कार्यालय हाजिर गरेका गुरागाईंले भोलिपल्ट नै कर्मचारी र जनप्रतिनिधिलाई तलब दिन तोक लगाइदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?