२६ जेष्ठ २०८२, आईतवार

काठमाडौं महानगरका कर्मचारीले सोमबार तलब पाउने, प्रमुख प्रशासकीय अधिकृतले लगाए तोक

 

२२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले रोकिएका कर्मचारीको तलबका लागि तोक लगाइदिएका छन् । शुक्रबार कार्यालय समय सुरु हुनासाथ गुरागाईंले कर्मचारीको तलबका लागि तोक लगाइदिएका हुन् ।

महानगरपालिकाका एक उच्च तहका कर्मचारीका अनुसार, आगामी सोमबारसम्म तलब हात पर्नेगरी गुरागाईंले शुक्रबार तोक लगाइदिएका हुन् । ‘उहाँ (प्रमुख प्रशासकीय अधिकृत) सोमबार तलब पाउनेगरी आज तोक लगाइदिनुभएको छ,’ ती कर्मचारीले  भने ।यसअघि गत पुस ७ गतेदेखि बिदामा बसेका गुरागाईं हिजो (बिहीबार) कार्यालय हाजिर भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?